काठमाडौं । नेपाली कांग्रेस तनहुँका युवा नेता चुडामणि खनालले तनहुँ क्षेत्र नं २ (ख) मा दाबी प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति समेत रहेका खनालले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ (ख) मा कांग्रेसको तर्फबाट उम्मेदवारी दाबी गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र संघमा उम्मेदवार हुन इच्छुकका लागि इच्छा सहितको निवेदन दिन परिपत्र गरेको थियो । नेपाल विद्यार्थी संघ तनहूँका अध्यक्ष समेत रहेका खनाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
