काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको भाउ आज सोमबार पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ५ सय रुपैयाँ रहेको छ।
यसैगरी, आज तेजावी सुन पनि घटेर प्रतितोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
