काठमाडौं । तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसको सभाहलमा आयोजना गरिएको कार्यक्रमका विषयमा आएका समाचार र टिप्पणीप्रति नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ तनहुँले ध्यानाकर्षण भएको जनाएको छ ।
क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ तनहुँद्वारा भदौ ११ गते शनिबारका दिन ‘जनताको साथमा नेपाली काँग्रेस’ अभियानको क्षेत्रीय स्तरको कार्यक्रम भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसको सभाहलमा आयोजना गरिएको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको जनाएको हो ।
क्षेत्र नं २ का सभापति चुडामणि खनालले आज एक विज्ञप्ति जारी गर्दै सभाहल निश्चित रकम भाडा लिएर कार्यक्रमहरूका लागि उपलब्ध गराउने व्यवस्था अनुरुप क्याम्पसलाई तोकिएको भाडा रकम तिरेर कार्यक्रम गरिएको प्रष्टाउँदैं समाचार निर्माण गर्ने क्रममा यथार्थताको खोजी गर्न र यथार्थ कुरालाई नबंग्याउन समेत अनुरोध गरेका छन् ।
कांग्रेसले गरेको उक्त कार्यक्रमको बिषयमा केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा क्याम्पसको उक्त हल नेपाली कांग्रेसको प्रयोजनका लागि मात्र प्रयोग भईरहेको भन्दै टिप्पणी गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
