आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार स्थिर मुल्यमा कारोबार भएको सुनको भाउ आज आइतबार भने तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार १ सय रुपैयाँ रहेको छ ।

Advertisement

यसैगरी आज तेजावी सुन पनि घटेर प्रतितोलामा ९४ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...