महिला संघ पर्वतको एक महिने ‘महिलाको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास’ कार्यक्रम

काठमाडौं । नेपाल महिला संघ पर्वतले महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति पर्वतको आयोजनामा साउन २४ देखि शुरु भएको कार्यक्रम भदौं २४ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रम अन्तर्गत भाषणकला, माइन्यूट लेखन र स्थानीय तह, पालिकाहरूमा महिला लक्षित कार्यक्रम र बजेट सम्बन्ध बिषयमा प्रशिक्षण दिईने महिला संघ पर्वतकी अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिईन् ।

Advertisement

यस्तै, महिला हिंसा, आधुनिक समाजमा थपिएका हिंसा र बिभेद, साईबर क्रईमको पहिचान, प्रतिवाद, कानुनी उपचारको बारेमा सचेतना र नेपाली कांग्रेस भित्र र समग्र नेपालको राजनीतिमा महिलाहरूको योगदान बर्तमान अबस्था समेत समावेश गरिएको छ।

सबै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम पालिका स्तरमा नै आयोजना गरी सयौ सक्षम महिला नेताहरू तयार गर्ने उदेश्य राखेर आगाडी बढेको छ तपाईहरू सबैको सकरात्मक साथ सहयोग सद्भाबको अपेक्षा महिला संघ पर्वतले गरेको छ।

More News last news
Loading...