ह्वात् ह्वाती घट्दै सुनको भाउ, कति घट्यो आज ?

काठमाडौं । साताको दोसो दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य झन् घटेको छ । अघिल्लो साताको सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य आज सोमबार पनि घटेको हो । हिजो आइतबार भने सुनको भाउ स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सयले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

तेजावी सुन आज प्रतितोलामा ९४ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोभिड संक्रमणसँगै अत्यधिक बढेको सुनको भाउ पछिल्लो सातादेखि लगातार धेरथोर घट्दै आएको छ ।

More News last news
Loading...