फोटोनको ‘टुनल्याण्ड ई प्लस’ भदौ ९ मा सार्वजनिक हुने

काठमाडाैं | नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि कमर्शियल भेहिकल प्रालिले ‘टुनल्याण्ड ई प्लस’ सार्वजनिक गर्ने भएको छ ।

‘टुनल्याण्ड ई’ को अत्याधिक सफलतापछि प्रालिे भदौ ९ गते ‘टुनल्याण्ड ई’ को अर्को अपग्रेडेड भर्सन लन्च गर्ने तयारी गरेको हो । टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचरसहित आउने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीकाअनुसार ‘टुनल्याण्ड ई प्लस’ ग्राहकलाई पिकअप ट्रकमा चाहिने कुरालाई र आफ्नो अनुभव र रिसर्चअनुसार डिजाइन गरिएको छ । नेपाल र नेपाली बाटोलाइ सुहाउँदो टुनल्याण्ड ई प्लस ग्राहकवर्गको प्रतिक्षाको पिकअप ट्रक बनेको कम्पनीको दाबी छ ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेन्टमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुँदै गएको जानकारहरू बताउँछन् ।

More News last news
Loading...