विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गुरुकुलमा पुरस्कार वितरण सम्पन्न

विश्व हिन्दु युवा संघ स्याङ्जाले आज राम नदी धाममा पुरस्कार सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले गरेका थिए भने कार्यक्रम को प्रमुख अतिथि विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाह,विशिष्ठ अतिथिमा कौशिक महाराज, देवी माता ,गुरुकुलका गुरुहरू उपस्थित रहेको थियो।

कार्यक्रममा शाहले योगी नरहरिनाथले देखाएको बाटो भुल्न नहुने कुरा बताएका थिए उनले अब नेपालले ५ ग को आधारमा चल्नु पर्ने बताएका थिए।यहाँको गुरुकुल ले राम्रो गरेको देख्दा खुसी लागेको कुरा बताएका थिए।

Advertisement

गुरुकुलका समस्याहरुलाई सबै मिलेर सामाधान गर्ने कुरा बताएका थिए।साथै आफूले यहाँको बारेमा गल्याङका मेयर गुरु प्रसाद भट्टराई लाई पनि जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो।

त्यस्तै जिल्ला अध्यक्ष नबराज पौडेलले प्रथम, द्वितीय, तृतीय हुने बटुक हरुलाई बधाई एबम् सुभकामना व्यक्त गरेका थिए।उनले गुरुकुलका बटुक हरुलाई अन्य क्रियाकलापहरुमा सहभागी गराउन अनुरोध गरेका थिए।रामनाधी धामको छुट्टै विशेषता भएको र यो कुरा सबै जना माझ लानु पर्ने कुरा बताएका थिए।

कौशिक महाराज गुरुले विश्व हिन्दू युवा संघ स्याङ्जाले विगतमा पनि धेरै उदरणिय कार्य गरेको र आगामी दिनमा पनि यस्तै कार्य गर्दै गएको हेर्ने इच्छा रहेको बताएका थिए।उनले योगी नरहरिनाथले गरेको कामको चर्चा गरेका थिए।

चित्रकला प्रतियोगितामा प्रथम जयदेव बस्नेत दोस्रो आदित्य पन्थी र तेस्रो स्थान विश्वास भट्टराई भएका थिए।प्रथम दोस्रो र तेस्रो लाई नगद, प्रमाणपत्र, स्टेसनरी समान प्रदान गरेका थिए।

विश्व हिन्दु युवा संघ स्याङ्जा ले विगतमा नैतिक शिक्षा विषय पाठ्यक्रम समावेश गराउन माग गरेको थियो र यो कुरा गण्डकी प्रदेश शिक्षा मन्त्रालय बाट शिक्षा नीतिमा पनि यो कुरा समावेश भइसकेको छ।त्यस्तै हरेक पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियानमा अगाडि बढेको र भीरकोट मा निर्माण गरिएको र अन्य पालिकामा पनि छिट्टै हुने कुरा बताएका छन्।

More News last news
Loading...