काठमाडौं । साताको छैटौं दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो मूल्य साउनको महिनापछिकै सबैभन्दा सस्तो हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
