पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता

काठमाडौँ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ ।

लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गर्न आयोजित कार्यक्रममा सो श्वेतपत्र पनि जारी गरिएको हो ।

Advertisement

राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीको सहभागिता थियो ।

प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ।

यस्तै, ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ। यस्तो छ सम्झौता : 

More News last news
Loading...