कतारमा विश्वकपको तयारीका लागि १,३०० बसहरु परिक्षण गर्ने

दोहा । मोवासलात (कर्वा)ले भोलि बिहिवार विश्वकपको तयारीका लागि आफ्नो बसहरु परिक्षण गर्ने भएको छ ।

डाउनटाउन दोहादेखि अल जनौब र अल बायत रंगशालासम्म जोड्नेगरि जम्मा नौ रुटमा १,३०० बस परिक्षण गरिने मोवासलातले आफ्नो ट्विटर बताएको छ ।

Advertisement

हालैको एक अन्तर्वार्तामा मोवासालतका सीईओ फहाद साद अल काहतानीले फिफा विश्वकप कतारको आयोजनाको तयारीमा आधुनिक प्रविधि प्रयोग गरी आरामदायी तथा पर्यावरण-मैत्री यातायात सुविधा दिन इच्छुक रहेको बताए ।
कतारले हालसम्म ७४१ वटा विधुतिय बस आयात गरेको छ ।

More News last news
Loading...