काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य झन् घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो हप्तादेखि दैनिकजसो बढेको सुनको भाउ सोमबारपछि भने लगातार रुपमा घटिरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
