दार्चुलाको उल्लानीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

दार्चुला l दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शैल्यशिखर गाउँपालिका वडा-६ का सचीव मनोहर धामीका अनुसार जिपमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन। विस्तृत विवरणसमेत आउन नसकेको उनको भनाइ छ।

Advertisement

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घटनास्थल पुगेको उनले बताए।

More News last news
Loading...