तनहुँको उपल्लोफाँटमा भैँसीले २ वटा टाउको भएको पाडो जन्मायो, त्यसपछि भाउको पनि मृत्यु

तनहुँ । तनहुँको बन्दिपुर-१ उपल्लोफाँटमा भैँसीले २ वटा टाउको भएको पाडो जन्माएपछि मृत्यु भएको छ।

पाडो जन्माएपछि अस्वस्थ बनेको भैँसीको उपचारका क्रममा मृत्यु भएको हो। पाडो पनि मृत जन्मिएको थियो स्थानीय बिजया खनालले पालेको भैसीले २ वटा टाउको भएको पाडो जन्माएको हो।

Advertisement

त्यसपछि बिरामी भएको भैँसीको लगातार ५ घण्टासम्म बचाउने प्रयास गरिएको स्थानीय अगुवा वासु पन्तले जानकारी दिए ।

उपचारमा डा. बालकुमार श्रेष्ठ लगाएको टिमले काम गरेको थियो। विरामी भैँसीको उद्भारमा रामहरी बि.क., बन्दिपुर गापा पशु शाखा प्रमुख मधु बिलास न्यौपाने लगायत खटिएका थिए। (तस्विर : वासु पन्त ´कृष्ण´)

More News last news
Loading...