काठमाडौँ । पत्रकार जीवन भण्डारीको नयाँ बाल गीत ‘मिठी पापा’ सार्बजनिक भएको छ । गीतमा व्यस्त बाबु आमाले छोराछोरीलाई समय दिन नसकेको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत हो । बालगायिका आरसिया शाहको मिठो स्वर रहेको गीतमा संगीतकार विशाल निरौलाले संगीत तथा एरेन्ज गरेका छन् ।
गीतमा बालबालिकाको चाहना र बाबु आमाको आग्रहलाई समेटिएको छ । बाल्यकालदेखि नै बाल साहित्य सृजना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौ बालसृजना छन् । राष्ट्रिय समाचार समिति र नेपाली रेडियो नेटवर्कमा कार्यरत पत्रकार भण्डारी प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
चलचित्र र गीत दुवैमा चर्चित कलाकारहरु आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पौडेल लगायतको अभिनय रहेको छ । गीत राम्रो इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत बजारमा आएको हो ।
दर्जनौ छोटा चलचित्र बनाइसकेका चलचित्रकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केहि दिनमा सार्वजनिक गरिनेछ।
यस्तो छ बाल गीतको म्युजिक भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
