काठमाडौं । लायन्स क्लव अफ खैरेनीटार दुलेगौंडा मन्त्रले युवाहरुका लागि प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ ।
आज लायन्स क्लव अफ खैरेनीटार दुलेगौंडा र लियो क्लव अफ खैरेनीटार दुलेगौंडाको संयुक्त आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीलाई अभिमुखिकरण गराएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले हरेक व्यक्तिमा किताबि ज्ञान संगसंगै बाहिरी ज्ञान हुनु अति आवश्यक रहेको बताए । पछिल्लो समयका युवा पुस्ताले अग्रजलाई केही गरेन भने गालि गर्ने प्रवृत्ति बढी रहेको बताए । उनले अग्रजलाई गाली गरेर होईन अग्रजलाई सम्मान गरेर विगतका ज्ञान, सिप हस्तान्तरणमा गर्नका निम्ति लागि पर्न सल्लाह दिए । ‘पछिल्लो समय युवाहरुले अग्रजलाई हरेक कुरामा गालि गरिरहेको अवस्था छ ।
तालिममा प्रशिक्षकको रुपमा अमृत कुमार भट्टराई, विद्याधर त्रिपाठी, विकास बरुवाल क्षेत्री, रामभक्त घिमिरे रहेका थिए । उनिहरुले युवाहरुलाई लागूऔंषध दुव्र्यसनी, व्यक्तित्व विकास, सार्वजनिक भाषण, नेतृत्व विकास, सञ्चार सिप लगायतका बिषयमा अभिमुखिकरण गराईएको थियो ।
लायन्स क्लबका अध्यक्ष नारायण पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन सुजित हिराचन, क्याम्पस प्रमुख रमेश अधिकारी,प्राध्यापक पशुपति अर्याल ,सम्झना भट्टराई , लायन्स सुन्दर बस्याल, पिताम्बर तिमिल्सेना, गणेश ढकाल, प्रमोद लामिछाने,प्रज्वल गुरुङ, धिरज खत्री लगायतको उपस्थिती रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
