पोखरा । फेदी नेवा खलः रुपा–५ ले आयोजना गरेको प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा देउराली नेवाः खल रुपा–५ देउराली समूह प्रथम भएको छ।
त्यस्तै, छाङ्गेली नेवाः खल दमौली द्धितिय र नेवाः खल थर्पु तनहुँ तृतीय, उत्कृष्ट अनुशासितमा वेल चौतारा संयुक्त नेवाः खल शुक्लागण्डकी–५ र उत्कृष्ट भेषभुषामा अरिदेव नेवाः पुचा शुक्ला गण्डकी–४ दुलेगौंडाले पुरस्कार पाएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ३३ हजार ३ सय ३३, द्धितिय हुने समूहले २२ हजार २ सय २२ र तृतिय हुने समूहले ११ हजार १ सय ११ प्राप्त गरेका छन् । साथै उत्कृष्ट अनुशासित र उत्कृष्ट भेषभुषा समूहलाई नगद ४ हजार ४ सय ४४ रुपैंया पाएका छन् ।
विभिन्न समुदायको संस्कृति नै नेपालको पहिचान : मन्त्री खड्का
यसअघि गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहरी विकास एवम् यातायात मन्त्री कुमार खड्काले विभिन्न समुदायको संस्कृति नै नेपालको पहिचान भएको बताउँदै सबै समुदायको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए।
परम्परा, चाडपर्व र संस्कृति लोप हुन गए नेपाल राष्ट्रकै अस्तित्व हराउने भन्दै सबै जातजातिको परम्परा, चाड र संस्कृतिको संरक्षण गर्न हामी सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए।
फेदी नेवाःखलले निर्माण गर्न लागेको बहुउद्देशीय भवन निर्माणमा गण्डकी प्रदेश सरकारले सिमिति साधन र स्रोत भित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सबै समुदायको संकृतिको संरक्षण गर्नु आजको आवश्यकता : सांसद कोइराला
गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति एवम् प्रदेश सांसद दिपक कोइरालाले संस्कृतीको रक्षाबाट नै देशलाई सम्बृद्धिको यातामा अगाडि बढाउन सकिने बताउँदै सबै समुदायको संकृतिको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए।
देशलाई आर्थिक रुपमा विकास गर्न पनि सबै जातजातिको संस्कृतिको सरक्षण गर्नुपर्नेमा जोड दिंदै यसका लागि आफू सदैव सबै किसिमका समुदायसँग रहेर सक्दो सहयोग गर्ने सांसद कोइरालाले सो अवसरमा उक्त कुरा बताए ।
उपाध्यक्ष लालसुब्बा देखि नेवाः खल अध्यक्ष पालिखेसम्म सहभागी
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालशुब्बा गुरुङ, नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे लगायको सहभागिता रहेको थियो ।
गाउँपलिका अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङले लाखे नाच प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दे नेवाःखलले निर्माण गर्न लागेको बहुउद्देशीय भवन निर्माणका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गर्ने बताए।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालशुब्बा गुरुङले लाखे नाच प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दे नेवाःखलले निर्माण गर्न लागेको बहुउद्देशीय भवन निर्माणका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गर्ने बताए ।
यसैगरी, नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले आफ्नो संस्कृति संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताउँदै समुदायमा बसोबास गर्ने सबै जातजातिको एकता हुनुपर्नेमा जोड दिए।
निर्णायक मण्डलका संयोजक सञ्जय कुमार श्रेष्ठले लाखे नाचको ऐतिहासिक चर्चा गर्दै मूल्यांकनका आधारहरुका बारेमा स्पष्ट पारेका थिए । फेदी नेवाः खलका सह-सचिव निशान श्रेष्ठले कार्यक्रममाथि प्रकाश पारेका थिए भने जिमि फेदी मिसा पुचाका अध्यक्ष सुशिला श्रेष्ठले स्वागत गरेकी थिइन् ।
नेवा संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै नेवाः छे बुहउद्धेशिय भवन निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त लाखे नाच प्रतियोगिता फेदी नेवाःखलका अध्यक्ष मोहन जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फेदी नेवाःखलका सचिव सुरेन श्रेष्ठ र सूर्य पौडेलले सञ्चालन गरेका थिए l
निर्णायक मण्डलका संयोजक सञ्जय कुमार श्रेष्ठ र सदस्यहरुमा सुन्दर मानन्धर, पुशपति ताम्राकार, हस्तकुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको मूख्य सहयोगी स्वर्गीय श्यामलाल र बुद्धिमायाा श्रेष्ठ, कृष्ण बहादुरर सुमित्रा जोशी र स्वर्गीय गोपाल र स्वर्गीय विष्णुमायाँ जोशीको परिवार रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
