काठमाडौँ । आज साताको चौँथो दिन (बुधबार) सुनको भाउ घटेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा ९५ हजार ३ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार, हिजो मंगलबार छापावाल सुन ९५ हजार ६०० र तेजावी सुन ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आज घटेको छ । चाँदी हिजोभन्दा १० रुपैयाँ कम तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
