पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, दुई घाइते

पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका– ६ डिहिकोपाटनमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र सुनिताकी १० वर्षीया छोरी सिम्रन घाइते भएका छन् । सुनिताको गण्डकी मेडिकल केलजमा उपचार भइरहेको उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

सुनिताको अवस्था मध्यम रहेको र सिम्रन सामान्य घाइते भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजेतिर भएको घटनामा प्रहरीले उनीहरूलाई माटो फालेर निकालेको थियो ।

More News last news
Loading...