काठमाडौँ । रुपा विकास समाजको बृहत्त भेला काठमाडौँमा सम्पन्न भएको छ । कास्कीको रुपा गाउँपालिका स्थायी घर भई हाल, राजधानी काठमाडौँमा बसोबार गर्दै आएका रुपावासीको साझा संस्था रुपा विकास समाजको शनिबार काठमाडौंमा बृहत्त भेला सम्पन्न भएको हो ।
उक्त भेलाले पूर्वसचिव डा. कृष्णचन्द्र पौडेल (डा. केसी पौडेल) को अध्यक्षतामा १७ सदसीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
समाजको उपाध्यक्षमा डा. रामचन्द्र लामिछाने, महिला उपाध्यक्षमा मधु घिमिरे, महासचिवमा सहप्रध्यापक राजु राम अधिकारी, सचिवमा अजय खनाल र कोषाध्यक्षमा गणेश सुवेदी चयन भएका हुन्।
समाजका सदस्यहरुमा खेम प्रसाद गुरुङ, रामजी सुवेदी, सुनिल रेग्मी, भोजेन्द्र गुरुङ, प्रकाश सुवेदी, सुनिल ओझा, दीपक खनाल, तारा बहादुर घिमिरे, चिजा गुरुङ र अशोक ढकाल चयन छन् । एक जना सदस्य भने समाजको नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने छ ।
समाजको सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष डा. गणपति ओझा, पूर्वमूख्यसचिव डा. सोमलाल सुवेदी, जन्मजय रेग्मी चयन भएका छन् । पदेन सल्लाहकारमा कास्की १ का संघीय सांसद् र गाउँपालिका अध्यक्ष रहने व्यवस्था छ । जसअनुसार सांसद् खगराज अधिकारी र गाउँपालिका अध्यक्ष नवराज ओझा स्वत पदेन सल्लाहकार चुनिएका छन् ।
समाजका संस्थापक अध्यक्ष डा. गणपति ओझाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका महासचिव राजुराम अधिकारीले सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमूख अतिथि तथा कास्की क्षेत्र नम्बर १ का संघीय सांसद् खगराज अधिकारीले रुपा विकास समाज गाउँपालिकाको आड र भरोसा भएको बताए ।
रुपाबाट काठमाडौँमा आइ अस्थायी र स्थायी रुपमा बसोबास गरेका दिग्गज र बुद्धिजीवि बर्गको नेतृत्व्मा बनेको समाज गाउँपालिकाको आड र भरोसा भएकाले पनि अब सोही अनुसार गाउँ क्षेत्रको विकासमा विगतमा भन्दा अझै सक्रियताका साथ सघाउन आग्रह गरे ।
सांसद् अधिकारीले भने, “यसभन्दा अघि पनि समाजका विभिन्न व्यक्तिहरुले गाउँपालिकाको विकासमा तन मन दिएर सघाउनु भएको हो । अहिले समाजले डा. केसीको नेतृत्व पाएको छ । उहाँको नेतृत्वको युथ मैत्री समाजले अझै बढि आक्रामक रुपमा रुपाको विकासमा लाग्ने मैले विस्वास गरेको छु ।”
सांसद् अधिकारीले, रुपा गाउँपालिका सांचिकै रुपवान भएको र त्यसको भरपुर प्रयोग गर्दै अब गाउँपालिका दिगो विकाससँगै दिगो आम्दानीका स्रोत पहिचान र त्यस्ता स्रोतको विकासमा लाग्नुपर्ने बताए ।
यसैगरी कार्यक्रका अतिथि तथा रुपा गाउँपालिका प्रमूख नवराज ओझाले आफुँलाई यो समाज पुनः सक्रिय भएकोमा निकै हर्षित भएको बताए । समाज बामे सर्दै गर्दा नै मलाई ७४ सालको निर्वाचन पछि कसरी जनमूखि बजेट ल्याउने भन्दैगर्दादेखि नै यस समाजका विद्धानहरुले पूर्ण सहयोग गरेको स्मरण छ ।
“हजुरहरुले यसअघिपनि हामी आफ्ना जन्मभूमिलाई केही गर्छौँ भन्नुभएको थियो हामीले त्यस खालको प्लेटफर्म दिन सकेका थिएनौँ । हामीले हजुरहरुको सहयोगलाई व्यवास्ता गरेका होइनौँ हामीले त ठुलो ठाउँमा तपाइहरुको साथ र सहयोग चाहन्छौँ । ठुला ठुला लगानीमा तपाईहाम्रा गाउँ गाउँमा कृषि व्यवसाय, वित्तिय संस्थाहरु सञ्चालन भएको हेर्न चाहन्छौँ ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
