आफैं चढेको स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको मृत्यु

दाङ । दाङको देउखुरीमा स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको ज्यान गएको छ।

गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका(७ मानपुर उत्तर टोलकी पूजा थापाको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार शुक्रबार स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लिएकी बालिकालाई सोही बसको पछाडिको टायरले किचेको थियो।

गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

More News last news
Loading...