काठमाडाैं | मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । यो अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण बिजनेस अवार्ड हो ।
याे अवार्ड व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास लगायत विभिन्न ६ विधामा मुल्याङ्कन गरी प्रदान गरिन्छ ।
वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले विश्वभरीका १३० वटा देशहरुका ३५ सयभन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएकाे छ ।
बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमइ फाइनान्सर अफ द इयर एसिया विधामा पनि बैंक सम्मानित भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
