पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एटिएम मेसिन फोड्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ।
शुक्रबार राति पोखरा महानगरपालिका -८ न्यूरोड स्थित एन आई सी एशिया बैंकको एटिएम मेशिन फोड्न खोज्ने रुकुम जिल्ला स्थायी घर भइ हाल पोखरा -९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ५ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी प्रवत्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
