काठमाडौं । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं ७ काउरे शिवालय मन्दिर परिसरमा विभिन्न प्रजातीका फूल तथा कपुर गरी ५० विरुवा रोपिएको लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
लायन्स क्लव अफ इन्टरनेसनल–३२५ एलका पर्मानेन्ट प्रोजेक्ट चिफ सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संस्थापक अध्यक्ष समुन्द्र राम श्रेष्ठ, जोन चियर पर्सन सुजित हिराचन, पूर्व अध्यक्ष राजबहादुर थापा, पिताम्बर तिमेल्सिना, प्रथम उपाध्यक्ष प्रमोद लामिछाने, संयोजक महेन्द्र हमाल धन्यवाद मन्तव्य ,काउरे टोल बिकास समिति अध्यक्ष लक्ष्मी घिमिरे, मन्दिर व्यवस्थापन समितिका खिमलाल गिरि लगायतको उपस्थिति रहेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
