आज घट्यो सुन चाँदीकै भाउ, तोलाको कति ?

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबा) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

More News last news
Loading...