काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सुनको मूल्य सँगै आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी शुक्रबारको तुलनामा १० रुपैयाँले महँगो हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
