पोखरा । रुपा गाउपालिका २ का वडाअधयक्ष राजन सुवेदीले जनप्रतिनिधि भए बापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । स्थानिय तह २०७९ मा नेकपा एमालेको तर्फबाट उमेदवार भई १६१ मतान्तरले विजयी भएका सुवेदीले ति खालका सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
सामान्य किसान परिवारमा जन्मेका सुवेदी पोखराका स्थापित युवा ब्यबसायी पनि हुन् भने सानै उमेरमा चौतर्फी सफलता प्राप्त गर्ने व्यक्तिमध्य पर्दछन् । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एब रुपा १ र २ का ईन्चार्ज समेत रहेका सुवेदी रुपाका मात्रै नमभएर कास्कीकै नयाँ पुस्ताका आशालाग्दा नेता हुन् ।
म तपाईंको सेवक हुन्छु भनेर मत मागेको थिएँ । सेवक हुनेनै छु जनप्रतिनिधि भए पश्चात् सेवा सुबिधा हरु प्राप्त हुँदा रहेछन्, म त्यो सेवा सुविधा जनताको बृहत बिकासका लागि खर्च गर्ने सार्वजनिक प्रतिबद्धता ब्यक्त गर्दछु ।
सुवेदीले ८ वटा बुँदामा आफुले पाउने सेवा–सुविधा बापतको रकम खर्च गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । उनले आफ्नो वडामा मात्रै नभएर गाउँपालिकाका सबै वडाभित्रका छुटेका महत्वपूर्ण ठाउँमा उक्त रकम खर्च गर्ने समेत बताएका छन् ।
यस्ता छन् सुवेदीका प्रतिवद्धता
१) म सिर्कमी, किसान बाउको छोरा हु । त्यसैले केही रकम कृषि मा खर्च गर्ने छु ।
२) म टुहुरि आमाले हुर्काएको स्वभिमानी छोरा हुँ, त्यसैले केही रकम टुहुरा टुहुरी, गरिब दिन दुखीहरु प्रति खर्च गर्ने छु ।
३) म एउटा मेहनति र समजदार श्रीमतीको श्रमान हुँ l त्यसैले केही रकम सफल गृहिणी हरुको हितमा खर्चिने छु ।
४) म कलाकार दाईको भाइ र गायिका भाउजुको देवर हुँ l त्यसैले म केही रकम कला संस्कृति संरक्षण एबम प्रबर्द्धन मा खर्च गर्ने छु ।
५) म बिधार्थी छोरा छोरिको बाउ हुँ, त्यससैले केही रकम विद्यार्थीको हितमा खर्च गर्ने छु (शौक्षिक सामाग्री, पोसाक)
६) म हस्पिटल बनाउन भन्दा खेल मैदान बनायर निरोगि तथा स्वास्थ जनता बनाउन पर्छ भन्नेमा छु । त्यसैले खेलाडी साथिहरुको प्रोत्सानमा केही रकम खर्च गर्ने छु (बल, जालि, पोसाक, खेल मैदान)
७) म गरिबी लाई आफुले राम्रोसँग चिरेर आयको छु, त्यसैले केही रकम उत्पादन मा लागेका निम्न आय भयका जनतालाई खर्च गर्ने छु ।
८) म सबै का कुरा सुन्ने गर्दछु, त्यसैले छुटेका महत्त्वपूर्ण ठाउँमा खर्चिने छु । यी माथि उल्लेखित खर्चहरु रुपा गाउपालिका भित्रका सात वटै वडाका नागरिकहरुका लागि खर्चिने सार्बजनिक प्रतिबद्धता ब्यक्त गर्दछु।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
