काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात (मंगलबार) नेपाली बजारमा सुन भाउ स्थिर रहेको छ ।
हिजो तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो सँगै तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।
सुनको भाउसँगै आज चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
