स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ ।
पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा एकिकृत कृषी ब्यवस्थापन प्रणाली सहित किसान वर्गीकरण, हाम्रा पाखो गह्रा सबै हराभरा, सुन्तला सुपरजोन कार्यान्वयनमा जोड, हाइटेक सुन्तला नर्सरी, एक घर/एक कागती, एक घर एक करेसाबारी, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण, रैथाने बालीको संरक्षण, प्रांगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने लगायत छन् ।
यसैगरी, लघु उद्यम विकास कार्यक्रममा क्षमता विकास, प्रबिधि हस्तान्तरण, बित्तिय पहुँच र बजारीकरण, इनोभेसन र उद्यमशिलता ब्यवसाय प्रवद्र्धन तथा नवपर्वतन केन्द्र कार्यक्रम संचालन, बेरोजगारलाइ उत्पादनमूलक उद्योगमा परिचालन, घरेलु तथा साना उद्योग संचालन, विस्तार र अभिप्रेरित गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने निती लिइएको छ ।
नगरका पर्यटकीय, सास्कृतिक, ऐतिहासिक स्थानको पहिचानगरी वाहय तथा आन्तरिक पर्यटक प्रवद्र्वनमा जोड, इको भिलेज सहितको होम स्टे, प्याराग्लाईडिङ, ¥याफ्टिङ जस्ता साहसिक खेलको प्रवद्र्धन, एक सहकारी एक उत्पादन कार्यक्रम, भूमिहिन तथा अब्यवस्थित सुकुम्बासी परिवारको पहिचान सहित जग्गाधनी प्रमाणपत्र बितरण कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखिएको छ ।
लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्धन्द्धका क्रममा वेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य विमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक संचालन सहित मृर्गौला रोगीहरुका लागि स्याङ्जामै निःशुल्क डायलायसिस सेवा संचालन गर्ने छ ।
सबै बालबालिकाको शिक्षामा पहुँच, अपाङ्ग, लोपोन्मुख लगायत विपन्न वालबालिकालाई छात्रबृत्ति, शिक्षक दरबन्दी मिलान, ३ कक्षामा स्थानीय पाठ्यपुस्तक लागु, मेयरसंग बिद्यार्थी कार्यक्रत्रम, सामुदायिक सिकाई केन्द्र र मर्दशा आदि शैक्षिक संस्थाको गुणस्तर बृद्धि, एक बिद्यालय एक फोकल शिक्षक, शिशुदेखि कक्षा ३ सम्मका बालवालिकाको खाजामा प्रतिबिद्यार्थी ५ रुपैया थप, ५ बर्षभित्र बालमैत्री पालिका घोषणा, बालश्रम न्यूनिकरण, सबै छात्रालाई निःशुल्क स्यानीटरी प्याड, सुत्केरी सट्टा शिक्षकको ब्यवस्था, बहुप्राबिधिक शिक्षालय स्थापना, सुरक्षित मातृत्व र पोषण प्रवद्र्वन कार्यक्रम छन्।
महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता, सामाजिक सुरक्षा तथा समावेशीकरण नीति अन्र्तगत सबै प्रकारका हिंसा, शोषण तथा बिभेद बहिष्करण बिरुद्ध सून्य सहनशिलताको निती, महिलालाई ब्यवसाय संचालन तथा आयमूलक कार्यक्रममा सहुलियत ऋण तथा बित्तीय सहयोग, अपांगमैत्री संरचना, फोहोरमैला र सेफ्टीटंकीको उचित ब्यवस्थापन, पुतलीबजारलाई उज्यालो सहित स्याटलाइट सिटी, नगरपालिकाको सडक गुरुयोजना बनाउने उल्लेख छन ।
बिद्युत्तीय सुशासन, सार्वजनिक परिक्षण र सार्वजनिक सुनुवाई, सुधारिएको सेवा प्रवाहका लागि पूर्वाधार ज्ञान कार्यक्रम, कार्यसम्पादनमा आधारित कर्मचारी, प्रोत्साहन, स्थानीय जनसहभागिता नीति, अन्तर सरकार सम्बन्धी नीति, सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी नीति, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण लगायत बिबिध नीतिहरु छन
सभामा नगरउपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९/०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट बहुमतले पारित भएको छ। बजेट मध्ये ३० करोड ९७ लाख १५ हजार रुपैयाँ पुँजीतर्फ र ५९ करोड ६७ लाख ७३ चालु खर्च तर्फ बिनियोजन गरिएको हो ।
बजेटमध्ये संघ सरकारबाट सशर्त अनुदान ४५ करोड ८२ लाख, समानीकरण अनुदानमा १५ करोड ९१ लख र समपुरक अनुदानमा १ करोड ४० लाख छ । प्रदेश सरकारको सशर्त अनुदानमा ५० लाख, समानीकरण अनुदान १ करोड ९२ लाख ७२ हजार, बिशेष अनुदान २० लाख, राजश्व वाँडफाँडबाट १ करोड ४४ लाख ७६ हजार रुपैया छ । आन्तरिकतर्फ चालु आ.व.को मौज्याद ७ करोड ९१ लख ३५ हजार अनुमान गरिएको छ ।
सभाले बिनियोजन बिधेयक २०७९, आथिक बिधेयक २०७९, शैक्षिक बिधेयक २०७९, स्थानीय शिक्षा ऐन प्रतिस्थापक बिधेयक २०७९ र नगरसभाका बिभिन्न समितिमा पदपूर्ति लगायतका प्रस्ताव सर्वसम्मत तथा बहुमतले पारित भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
