आज झन् घट्यो सुन

काठमाडौं । आज साताको छैटौँ दिन (शुक्रबार) सुनको भाउ झन् घटेको छ । आज सुनको मूल्यमा प्रतितोलामा ३०० रुपैयाँले घटेकोे हो।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...