आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले बढेर रु ९७ हजार ३०० मा आएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन ९६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १ जहार २४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...