आज (मंगलबार) ह्वात्तै घट्यो सुनको भाउ, चाँदी पनि ओरालो

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

छापावाल सुन आज १८ सय रुपैयाँले घटेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासंघका अनुसार आज तेजावी सुन पनि घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

लामो समयदेखि निरन्तर उकालो लागेको सुनको भाउ केही दिन देखि भने निरन्तर ओरालो लागेको छ ।

More News last news
Loading...