पुनः ओरालो लाग्दै सुनको भाउ, आज कति घट्यो ?

काठमाडौा । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ ।

छापावाल सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

महासंघका अनुसार आज तेजावी सुन पनि घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

More News last news
Loading...