तनहुँ । पृथ्वी राजमार्गको डुम्रे -आँबुखैरेनी सडकखण्ड भासिएको छ।
गएरातिदेखिको वर्षाका कारण आँबुखैरेनी गाउँपालिका -४ साँखरस्थित ड्यामसाइडमा सडक भासिँदा दुईतर्फी सवारी आगमन बन्द भएको छ।
भासिएको सडकको तलबाट पर्खाल लगाउन सम्भव नभएकोले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत तत्कालका लागि सम्भव नभएको प्रहरीले जनाएको छ ।
उक्त राजमार्ग भएर चल्ने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
