फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

Advertisement

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल-मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य यथावत रहेको आयल निगमले जनाएको छ ।

More News last news
Loading...