काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँ घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
