काठमाडौँ । आज साताको चौथो दिन अर्थात (बुधबार) सुनको भाउ ह्वात्तै घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आज झन् तोलामा ८ सय रुपैयाँले घटेको हो।
हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
