पोखराको नगर कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी

रिजन नेपाल

पोखरा l स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो।

Advertisement

महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् । उनीहरु सबै जनाले समान ८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवारको ८१ मतसम्म आएको थियो ।

यसतै, दलित वा अल्पसंख्यकमा नेकपा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मला दियाली निर्वाचित भए । तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीे ८७ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी समाजवादीका उम्मेदवारको ८१ मत थियो ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। कार्यपालिकाका ४३ मध्ये ८ जना निर्वाचित हुन् र बाँकी ३५ पदेन सदस्य हुने छन् ।

महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए । अब कार्यपालिकामा एमालेको १८, कांग्रेस–समाजादीको २३ र स्वतन्त्रको १ सदस्य रहने छन् ।

पोखरा महानगरको नगरसभामा समेत एमालेको बहुमत छ । निर्वाचित ८ सदस्यसहित उसको ९४ सदस्य हुने छन् ।

More News last news
Loading...