काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
