तारा एयरको विमान थासाङ-२ मा फेला परेको पुष्टि

काठमाडौं l बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

Advertisement

जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी थिए ।

विमानमा सवार ८ जना तामाङहरू एउटै परिवारका भएको खुलेको छ । इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार थिए ।

पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

More News last news
Loading...