काठमाडौँ l सरकारले इन्टरनेट सेवा शुल्क घटाउने भएको छ । यसलाई सर्वसुलभ बनाउन शुल्क घटाइने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा बताएका छन् ।
साथै, समग्र दूरसञ्चार सेवालाई अझै गुणस्तरीय बनाइने सरकारको लक्ष्य छ। स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार गर्दै लग्ने भनिएको छ ।
अर्थमन्त्री शर्माले आइतबार बजेट पेस गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने जानकारी दिएका छन् l सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउने उनको भनाइ छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयको चरणमा रहेको उनले बताए।
आगामी आर्थिक वर्ष २०७९/८० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड विनियोजन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
