गीतकार अनिल खनालले रोपे पिरतीको बिउ (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गीतकार अनिल खनालले पिरतीको बिउँ लिएर बजारमा आएका छन् । मानिसको जनजिविकाका विषयवस्तुलाई टपक्क टिपेर गीत बनाउन खप्पिस खनालले यसपटक भने माया पिरतीमा बिउँ रोपेका छन् ।

यस गीतमा माया पिरतीमा भर्खर रम्न खोजेका चखेवाको जोडीको वार्तालापलाई ठट्यौली पारामा प्रस्तुत गरिएको छ ।

Advertisement

खनालले गीतमा, ‘खोल‌ खोल मायाँ ‌हालिदिन्छु‌ मैंले दिलैमा पिरतीको बिउँ भन्ने आक्रामक रुपमा मायाको प्रस्ताव गराएर युवतीले चप्पलैले दिउँला गालै फुट्ने गरी… नखोज है निउ’ भन्दै तितो शब्द बाँण प्रहार गराएका छन् ।

खनालको शब्द र कमल सौरागको सुमधुर संगीतमा तयार भएको गीतमा नयाँ पुस्ताका गायक बादल थापा मगर र बेनिशा पौडेलले स्वर भरेका छन् ।

लोकप्रिय मोडल अर्जुन गौतम र रुविना अधिकारीको दमदार अभिनय गरेको म्युजिक भिडियो सर्वप्रिय निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

लोकप्रिय म्युजिक कम्पनी बिन्ध्यवासिनी म्युजिक कम्पनीले बजारमा ल्याएको गीतलाई सुवास रेग्मीले निर्माण गरेका हुन् ।

 

More News last news
Loading...