काठमाडौँ । साताको चौँथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ झन् ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन ९६ जहार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
