पोखरा । पोखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
पछिल्लो प्राप्त मतगणनाअनुसार आचार्यले ५७४८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५०७८ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) शंकर खरालले ६७७ मत पाएका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता रहेको छ ।
उनले ५७१९ मत ल्याउदा एमालेकी मञ्जुदेवी गुरुङले ५६८७ मत ल्याएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
