काठमाडौ । स्याङ्जाको गल्याङ नगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका गुरु भट्टराई विजयी भएका छन् ।
भट्टराईले नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस) लाई हराउँदै नेपाली कांग्रेसका भट्टराई विजयी भएका हन् ।
भट्टराई नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि समेत हुन् । यसअघि माओवादी केन्द्रमा रहेका पारस नेकपा एमालेमा आएर जिल्ला अध्यक्षमा विजयी भएका थिए ।
एमाले नेतृ एवं पुर्वमन्त्री पद्मा अर्याल निकट मानिने पारसकाे हारले अर्याललाई समेत धक्का लागेकाे छ । यधपी विजयकाे औंपचारिक घाेषणाा हुन भने बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
