स्याङ्जा । नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाको वडाका नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं ४ मा नेकपा एमालेलाई फराकिलो मतान्तरले हराउँदै कांग्रेसबाट उम्मेदवार शिव थापाको प्यानल विजयी भएको हो ।
थापाले ११३१ मत प्राप्त गर्दा एमालेका रुद्र प्रसाद पोखरेलले ६९४ मत मात्र पाए । थापाले ४ सय ३७ मतान्तरले अध्यक्षमा बाजी मारेका हुन् ।
लामो समयदेखि एमालेको वर्चस्व रहँदै आएको यस वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
