स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले नेकपा एमालेले विगत २४ बर्षसम्म स्याङ्जाको पुतलीबजारमा केही पनि गर्न नसकेको बताएका छन् ।
आज पुतलीबजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले लगातार २४ बर्षसम्म एमालेले नेतृत्व लिदाँ बिकास निर्माणका कुनै कार्य नभएको भन्दै पुतलीबजारबासी भनेर भन्दा पनि आफूलाई लाज लागेको बताएका हुन् ।
थापाले भने, ‘२०७८ सालमा कांग्रेसले नेतृत्व लिदाँका सडकहरु जस्ताको तस्तै छन्।’ उनले अब पुतलीबजार नगरमा कांग्रेसले जितेमा ५ बर्षभित्र प्रत्येक वडामा कालोपत्रेले जोड्ने, गाउँमा टोलमा कृषि एम्बुलेन्सन सञ्चालन गर्ने, कृषिमा बिमा गर्ने, पूर्वाधारको क्षेत्रमा कुनै परिवर्तन गर्ने, वृद्धका लागि प्रत्येक वडामा मनोरञ्जनका पार्क निर्माण गर्ने बताए ।
यस्तै ४० बर्ष काटेका वुढा वुढीलाई उपचार गराउने, नगरभित्रका सबैलाई स्वास्थ्य विमा गरिदिने र छोरेपाटनदेखि स्याङ्जा सुरुङमार्ग सम्पन्न गर्ने लगायतका एजेण्डाहरु पुरा गर्ने ठोकुवा गरे । यस्तै उनले नगरभित्र एमालेको अराजकता धेरै भएकोले अन्त्य गर्नलाई पनि रुखलाई भोट हाल्न अपरिहार्य भएको उल्लेख गरे ।
उनले नेपाली कांग्रेसलाई तर्साउनका लागि विपक्षीले अनेक हर्कत गरेको भन्दै लोकतन्त्रको पाठ सिक्न कांग्रेससामु आउन सुझाव समेत गरे । जिल्लाका एमालेका नेता तथा पूर्वमन्त्रीहरुले एमालेका कार्यकर्तालाई नैतिकताको पाट सिकाउन नसकेको भन्दै नैतिकता सिक्न कांग्रेसँग आउन भने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
