पोखरा । कास्कीको रुपा गाउँपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उमेद्वार रविराज घिमिरेले आफुँ जनप्रतिनिध भएको खण्डमा कुनै पनि शिर्षकमा तलब भत्ता नलिने घोषणा गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आफुँलाई वडावासीले विजयी बनाए ५ वर्षसम्म कुनै पनि शिर्षकमा तलब भत्ता नलिने घोषणा गरेका हुन् ।
घिमिरेले भनेका छन्, “रुपा ५ का जनताले विश्वास गरेर मलाई विजयी बनाएको खण्डमा राज्यबाट प्राप्त हुने कुनै पनि शिर्षकका तलब भत्ता नलिने घोषणा गर्दछु । त्यसबापत प्राप्त हुने रकम गरीब अशहायको शिक्षा र स्वास्थ्यम़ा खर्च गर्ने छु।”
“बाल्यकालदेखि नै मैले यस वडाका ससाना समस्या देखि ठुला समस्यासम्म बुझ्दै र भोग्दै आएको छु । यस वडामा साबिक (देउराली गाविस) हुँदा देखि नै यहाँ एउटै विचारको विजय र ब्रह्मलुट रहँदै आएको छ । म नेपाली कांग्रेसबाट वडाध्यक्षको उमेद्वार भएपनि समग्र रुपा ५ का शोषित पीडित पिल्सिएका जनताको उमेद्वार हुँ । राजनीतिलाई पेशा हैन सेवा बनाउन चाहान्छु, हरेक जनतालाई समान अवसर, समान व्यवहार गर्नेछु र राजनैतिक आस्थाका आधारम़ा विभेद नगर्ने पनि बचन बद्धता जाहेर गर्दछु”, घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सत्ता गठबन्धनबाट उक्त वडाको खुल्ला सदस्यमा अर्जुन अधिकारी, निशान श्रेष्ठ, महिला सदस्यमा सुकुन्धरा गुरुङ, दलित सदस्यमा पार्वती वि.क. रहेका छन् । श्रेष्ठ माओवादी केन्द्रका हुन् भने अरु उमेद्वारहरु कांग्रेसका हुन् ।
नेपाली कांग्रेसले रुपा गाउँपालिकाको अध्यक्षमा गि मागा गुरुङ र उपाध्यक्षमा नारायण कुमार श्रेष्ठलाई साझा उमेद्वार बनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
