दुलेगौँडा । तनहुँ शुक्लागण्डकी नगरपालिकामा नेकपा (माले) बाट उपमेयर पदका उम्मेदवार बनेका शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रवेश गराएका हुन् ।
शिव प्रसाद लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसबाट शुक्लागण्डकी ९ को वडाध्यक्ष पदमा मुक्ति सापकोटा उमेद्वार रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
