काठमाडौँ । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो।
डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।
साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।
डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ । सन् २०२३ मा डीभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
